Bizshala
  • शनिबार, पुष २६,२०८२ 07:08:19
Bizshala
Global IME Bank Limited

महासंघको ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छः अध्यक्ष ढकाल

Hyundai Nepal
महासंघको ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छः अध्यक्ष ढकाल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी ६० औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन्।

भक्तपुर उद्योग वाणिज्य संघको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकता सुनिश्चित गर्न सर्वसम्मत नेतृत्व आवश्यक रहेको औँल्याए।

CG Motors
Bizshala
Garima Development Bank

उनका अनुसार, महासंघले निजी क्षेत्रको साझा छाता संगठनको रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, र निजी क्षेत्रको हक–हित संरक्षणमा निरन्तर भूमिका खेल्दै आएको छ। उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरणको लागि विभिन्न कानून संशोधनमा महासंघले महत्वपूर्ण योगदान दिएको ढकालले बताए।

अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल हाल खस्किएको र लगानीको लागि शान्ति–सुरक्षा सुनिश्चित वातावरण आवश्यक रहेको बताए। साथै, गत भदौ २३–२४ का प्रदर्शनका क्रममा उद्योग र निजी सम्पत्तिमा भएको आक्रमण गर्नेहरूमाथि कानूनी कारबाही गर्नुपर्नेमा जोड दिए।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भई काम भइरहेको छ। कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता र उत्पादनमूलक क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। ढकालले स्थानीय उद्यमीहरूलाई यस अवसरको सदुपयोग गर्न आह्वान गरे।

भक्तपुरलाई ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र परम्परागत उद्योग तथा साना–मझौला व्यवसायको केन्द्रका रूपमा चिनाउँदै अध्यक्ष ढकालले स्थानीय वाणिज्य संघहरूको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.