बुधबार, असार १०,२०८३ 08:21:26
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:21:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाँच महिनामा पर्यटकबाट करिब ३४ अर्ब आम्दानी, भ्रमण शीर्षकमा कति बाहिरियो ?

Laxmi Sunrise Bank Limited
पाँच महिनामा पर्यटकबाट करिब ३४ अर्ब आम्दानी, भ्रमण शीर्षकमा कति बाहिरियो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले विदेशी पर्यटकबाट करिब ३४ अर्ब रुपैयाँ आम्दानी गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भ्रमण शीर्षकअन्तर्गत प्राप्त यो आम्दानी विदेशी पर्यटकले नेपालमा गरेको खर्चबाट आएको हो।

राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा भ्रमण शीर्षकमा ३५ अर्ब ११ करोड रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष आम्दानी केही घटेको देखिन्छ।

New Office
CG Motors
Garima Development Bank

यस्तै, पाँच महिनाको अवधिमा भ्रमण शीर्षकमा नेपालबाट ८८ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ। भित्रिने र बाहिरिने रकमबीच ठूलो अन्तर देखिँदा भ्रमण शीर्षकमा मात्रै करिब ५५ अर्ब रुपैयाँ घाटा भएको छ।

तथ्यांकअनुसार व्यावसायिक भ्रमणतर्फ २ करोड १६ लाख रुपैयाँ आम्दानी हुँदा ७४ करोड ७८ लाख रुपैयाँ बाहिरिएको छ। त्यस्तै, व्यक्तिगत भ्रमणतर्फ ३३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी भए पनि ८८ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

व्यक्तिगत भ्रमणअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका उद्देश्यका यात्राहरू समावेश छन्। पछिल्लो समय अध्ययनका लागि विदेश जानेको संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा शिक्षासम्बन्धी भ्रमण शीर्षकमा मात्रै ५६ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।

विशेषगरी शिक्षा र स्वास्थ्यका लागि विदेश जाने प्रवृत्तिले भ्रमण शीर्षकअन्तर्गत विदेशी मुद्रा बाहिरिने दबाब बढाएको देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.