मंगलवार, असार १६,२०८३ 12:40:07
Bizshala
  • मंगलवार, असार १६,२०८३ 12:40:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रीनलाइफ हाईड्रोपावरको नाफा ४३.३२% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

Laxmi Sunrise Bank Limited
ग्रीनलाइफ हाईड्रोपावरको नाफा ४३.३२% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । ग्रीनलाइफ हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको विवरणअनुसार उक्त अवधिमा कम्पनीले १ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ७५ लाख ५१ हजारको तुलनामा ४३.३२ प्रतिशतले बढी हो ।

कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट २३ करोड ६१ लाख कमाएको थियो । कम्पनीको प्रशासनिक खर्च ५७ लाख ३९ हजारबाट घटेर ४२ लाख ७३ हजारमा सीमित भएको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ५८ लाख रहेको छ । १ करोड २३ लाख चालु सम्पत्ति भएको कम्पनीको चालु दायित्व ४९ करोड २० लाख रहको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६०१.८७ रुपैयाँ र तरलता अनुपात ०.०३ गुणा कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.