सोमबार, बैशाख ७,२०८३ 05:46:54
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 05:46:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकले ५०औँ ‘ग्लोबल हाट बजार’ आयोजना गर्दै, थप विस्तारित र व्यापक बनाउने प्रतिबद्धता

Bizshala
ग्लोबल आइएमई बैंकले ५०औँ ‘ग्लोबल हाट बजार’ आयोजना गर्दै, थप विस्तारित र व्यापक बनाउने प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले स्थानीय लघु, साना तथा मझौला उद्योग (लघु÷साना÷मझौला उद्योग) को प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार ५०औँ ‘ग्लोबल हाट बजार’ आयोजना गर्दैछ।

साप्ताहिक रूपमा आयोजना हुँदै आएको यस कार्यक्रमले स्थानीय उद्योगहरूलाई आफ्ना रैथाने तथा दिगो उत्पादनहरू प्रदर्शित गर्ने प्रभावकारी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ। बैंकका अनुसार सहभागीहरूको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस कार्यक्रमलाई सफल र प्रभावकारी बनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ग्लोबल हाट बजारले स्थानीय उत्पादनहरूलाई बजारमा चिनाउने साथै उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। बैंकले यस मार्फत व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष संवाद स्थापित गर्ने अवसर पनि प्रदान गर्दै आएको छ।

साना तथा मझौला उद्यमीहरुले उत्दिान गरेका वस्तुहरुको बजारीकरणमा सहयोग पुर्याउने हेतुले ग्लोबल आइ एमई बैंकले ६ नोभेम्बर २०२४ देखि ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रमको आज ५० औं संस्करण हुन गईरहेकोप्रति बैंकले गर्व गर्न लायक भएको जनाएको छ । यस क्रममा निरन्तर साथ र सहयोग दिने तथा सहभागी हुने सम्कपूर्णप्रति बैंकले धन्यवाद व्यक्त गरेको छ ।

CG Motors
Garima Development Bank
IME remit

यस्तै बैंकले कर्जा प्रवाहमा मात्रै केन्द्रीत नभई व्यवसायहीहरुको चौतफसर्् विकास र सिप अभिवृद्धि तथा बजारीकरणमा समेत सहकार्य गर्दै आएको जनाएको छ ।

यो कार्यक्रमलाई निरन्तरता दिदै थप विस्तारित र व्यापक बनाउने समेत बैंकले जानकारी दिएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.