Bizshala
  • बिहीबार, जेष्ठ २१,२०८३ 03:56:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सम्भावना, रवि लामिछानेले दिए निम्तो

Laxmi Sunrise Bank Limited
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सम्भावना, रवि लामिछानेले दिए निम्तो
Shivam Cement

काठमाण्डौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन्।

हिजो भएको भेटवार्ताका क्रममा लामिछानेले प्रधानमन्त्री मोदीलाई नेपाल आउन आग्रह गरेको भ्रमण दलका एक अधिकारीले बताएका छन्। 

Bizshala
New Office
CG Motors

सो क्रममा प्रधानमन्त्री मोदीले नेपाल भ्रमणप्रति आफू उत्सुक रहेको प्रतिक्रिया दिँदै छिट्टै नेपाल आउने संकेत गरेका थिए।

अधिकारीका अनुसार मोदीले भ्रमणमा चासो देखाएपछि नेपाल सरकारको तर्फबाट औपचारिक निमन्त्रणा पठाउने विषयमा पछि छलफल हुनसक्ने बताइएको छ।

यसअघि भारतले पनि नेपालका शीर्ष नेतृत्वलाई भ्रमणका लागि निम्तो दिँदै आएको छ। 

कूटनीतिक अभ्यासअनुसार उच्चस्तरीय भ्रमण आदान–प्रदान निरन्तर हुने परम्परा रहँदै आएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चार पटक नेपाल भ्रमण गरिसकेका छन्।  

उनले पहिलो पटक २०१४ मा प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा नेपाल भ्रमण गर्दै संसदलाई समेत सम्बोधन गरेका थिए।  

त्यसपछि सार्क सम्मेलन, जनकपुर भ्रमण र लुम्बिनीको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आएका थिए।

हाल दुवै देशबीच सम्भावित उच्चस्तरीय भ्रमणबारे अनौपचारिक छलफल र कूटनीतिक तयारी जारी रहेको बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.