शुक्रबार, फाल्गुन २२,२०८२ 03:20:42
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 03:20:42
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकको नाफा २२.३४% ले वृद्धि, ईपीएस कति ?

Hyundai Nepal
कामना सेवा  विकास बैंकको नाफा २२.३४% ले वृद्धि, ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आव २०८२/८३ को दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज आम्दानी समेत बढेको छ । बैंकले समीक्षा अवधिसम्म खुद ब्याज आम्दानी ११.१८ प्रतिशतले बढाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकको खुद शुल्क र कमिशन आम्दानी पनि बढेको छ । खुद शुल्क र कमिशन आम्दानी १४ करोड ५३ लाख रुपैयाँबाट बढेर १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी पनि १३.६१ प्रतिशतले बढेर १ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङ ४३.६६ प्रतिशतले घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकले रिजर्भको आकार भने १ अर्ब ८३ करोड रुपैयाँबाट बढाएर १ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ । समीक्षा अवधिसम्म बैंकले ग्राहकहरुबाट ६३ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले इम्प्येरमेन्ट चार्जको रुपमा १८ करोड ७१ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको सोही अवधिका लागि भने बैंकले १९ करोड ६४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्टाएको थियो । 

बैंकको खराब कर्जा अनुपात भने केहि घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४.३५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.१० प्रतिशतमा सीमित बनेको छ । बैंकको वितरणयोग्य मुनाफामा कमी आएको छ । वितरणयोग्य मुनाफा ३७ करोड ५५ लाखबाट घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित बनेको छ । जुन २१.२५ प्रतिशतले कम हो ।

समीक्षा अवधिसम्म बैंकको ईपीएसमा सुधार आएको छ । ईपीएस १८.३७ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५८.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ८६५.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.१७ गुणा र तरलता अनुपात २३.८६ प्रतिशत कायम भएको छ ।   

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.