Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

राइड सेयरिङ कम्पनीले १२ करोडको बिल पठाएपछि.......

Global IME Bank Limited
राइड सेयरिङ कम्पनीले १२ करोडको बिल पठाएपछि.......
Nabil Bank Limited

काठमाण्डौ । तपाई बिहान अफिस जादै हुनुहन्छ र तपाईलाई करोडौ रुपैयाँको बिल आयो भने के गर्नुहुन्छ ? तपाईले २–४ सय रुपैयाँ पर्ने भाडा पर्ने ट्याक्सी वा वाइक बुकिङ गर्नु भएकोमा करोडौ रुपैयाँ बिल आउँदा पक्कै पनि पसिना छुट्छ ।  

भारतमा राइड सेयरिङ कम्पनी उबरले एक ग्राहकलाई यस्तै गरेको छ  । भारतीय नागरिक दीपक तेनगुरियाले उबरबाट १२ करोड रुपैयाँबराबरको बिल प्राप्त गरेका छन् । दीपकले उबरबाट अटो बुक  गरेका थिए र जसको भाडा ६२ रुपैयाँ भारु मात्रै थियो । तर अब ट्रिप भयो,तब कहानी सम्पूर्ण रुपमा बदलियो ।  

यात्रा सकिएपछि कम्पनीले उनलाई ७ करोड ६६ लाख ८३ हजार ७६२(१२ करोड नेपाली रुपैयाँ बढी)को बिल पठायो । बिलमा वेटिङ टाइम र अन्य विवरणहरु समेत समावेश  थियो । कम्पनीले यात्राको भाडा १ करोड ६७ लाख ७४ हजार ६४७ भारु र वेटिङ टाइमका लागि ५ करोड ९९ लाख ९ हजार १८९ भारुबराबरको शुल्क तिर्न बिल पठाएको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले कु्ल बिलमा ७५ भारु छुट प्रदान गरेको छ । पिडितले बिलसहित आफ्नो एउटा भिडियो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सेयर गरेका छन् । यसमा उनले आफ्नो यात्राको अन्य विवरणहरु समेत समावेश गरेका छन् ।  

उनले एक्समा भिडियो सेयर गरेपछि कम्पनीले यसको जवाफ दिएको छ । कम्पनीको सपोर्ट बोटले यो असुविधाका बारेमा दुख मनाउ गर्दै यस बारेमा जाचँ गर्ने उल्लेख गरेको छ ।  

उबरले यति धेरै बिल पठाएको यो पहिलोपटक भने होइन । यसअघि केहि वर्ष पहिले पनि उबरले एक यात्र्लाई ५५ डलरको ठाउँमा २९ हजार ९९४ डलरको बिल पठाएको थियो ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.