काठमाण्डौ । हाईल्याण्ड डिष्टिलरी लिमिटेडले आईपीओको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २८ गते हात्तिसारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा प्रिमियम मूल्य वा बुक बिल्डिङ विधि वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्य गर्न÷गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

