काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले आफ्नो धितोपत्र कारोबार व्यवस्थापन र रजिष्ट्रार सम्बन्धी कार्यका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ।
कम्पनीका अनुसार, माछापुच्छ्रे क्यापिटललाई धितोपत्रसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयर टुक्र्याउने तथा सेयरवालाको लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरू सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। क्यापिटललाई आगामी ३ वर्षका लागि फागुन १ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
शेयर रजिष्ट्रार नियुक्ति सम्झौता माघ ८ मा सम्पन्न भएको थियो ।

