काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सडक किनारा, पार्क र नदी करिडोरमा पैदल यात्रु बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम सुरु गरेको छ। यस अन्तर्गत जीर्ण, पुराना कुर्सीहरूको मर्मत, सम्भार र रंगरोगन गरिनेछ भने यात्रुको चाप अनुसार नयाँ कुर्सी थपिनेछ।
महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले भने ‘उमेर समूह र शारीरिक अवस्था जस्ता पैदल यात्रुको आवश्यकतालाई सहज बनाउने उद्देश्यका साथ काम अघि बढाइएको छ। हालै राखिएका कुर्सी हटाउने योजना छैन, तर आवश्यकता अनुसार स्थान साटफेर गर्न सकिन्छ।’
सार्वजनिक कुर्सी एकरुपता कायम राख्ने, प्रयोगमैत्री र आकर्षक बनाउने काम पनि यस परियोजनामा समावेश गरिएको जनाइएको छ।
बालेन शाहले मेयरबाट राजीनामा दिनासाथ सार्वजनिक स्थलमा राखिएका कुर्सी हटाइयो भन्ने टीकाटिप्पणी सुरू भएपछि त्यस विषयमा महानगरले स्पष्टीकरण दिएको हो ।

