बुधबार, असार १०,२०८३ 09:41:55
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:41:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारत बन्यो विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भईरहेको बीमा बजार

Laxmi Sunrise Bank Limited
भारत बन्यो विश्वकै सबैभन्दा तीव्र गतिमा वृद्धि भईरहेको बीमा बजार

काठमाण्डौ । पुनर्बीमा कम्पनी स्विस रि ले भारतलाई विश्वकै सबैभन्दा छिटो विस्तार हुँदै गएको प्रमुख बीमा बजारका रूपमा पहिचान गरेको छ। स्विस रेले एक प्रतिवेदन सार्वजनिक गर्दै सुदृढ आर्थिक आधार र बढ्दो उपभोक्ता मागका कारण भारतीय बीमा क्षेत्रले मध्यम अवधिमा मजबुत वृद्धि गर्ने अपेक्षा गरेको छ।

प्रतिवेदनअनुसार सन् २०२६ देखि २०३० सम्म भारतको बीमा प्रिमियम वार्षिक औसत ६.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ, जसले भारतलाई विश्वका प्रमुख बीमा बजारमध्ये सबैभन्दा तीव्र गतिमा बढ्दो बनाउनेछ।

स्विस रिका भारतका बजार प्रमुख अमिताभ रे ले मध्यम अवधिमा बीमा वृद्धिका लागि भारत एक उज्यालो केन्द्र भएको बताउँदै विशेष गरी स्वास्थ्य र मोटर बीमामा ठूलो सम्भावना देखिएको बताए। ‘अग्रगामी नियामक सुधार, डिजिटल नवप्रवर्तन र उपभोक्तामैत्री उत्पादन संरचनाबाट हामी लाभान्वित हुने अपेक्षा गर्छौं। बीमाको विस्तारले प्राकृतिक प्रकोप, बढ्दो स्वास्थ्य खर्च र बुढिँदो जनसंख्याबाट उत्पन्न जोखिम सामना गरिरहेका लाखौँ भारतीय परिवार तथा व्यवसायलाई वित्तीय सुरक्षा प्रदान गर्नेछ,’ उनले भने ।  

New Office
CG Motors
Garima Development Bank

आगामी पाँच वर्षमा भारतले विश्वकै तीव्र आर्थिक वृद्धिदरमध्ये एक कायम राख्ने अनुमान गरिएको छ, जहाँ औसत वार्षिक वास्तविक जीडीपी वृद्धि ६.५ प्रतिशत रहने अपेक्षा छ। सरलीकृत जीएसटी दर र व्यक्तिगत आयकर कटौतीजस्ता वित्तीय नीतिका कारण निजी उपभोग बढ्दै गएको छ, जसले निम्न र मध्यम आय भएका घरपरिवारमा माग बढाएको छ। सार्वजनिक पूर्वाधार लगानीले अर्थतन्त्रलाई निरन्तर गति दिनेछ भने कम ब्याजदर, सुदृढ कर्पोरेट वित्तीय अवस्था र स्थिर उपभोक्ता खर्चका कारण निजी लगानी पनि बढ्ने अपेक्षा गरिएको छ।

अमेरिकी भन्सार शुल्कको प्रभाव सीमित हुने स्विस रि ले जनाएको छ, किनकि अमेरिकामा हुने निर्यात भारतको कुल जीडीपीको करिब २ प्रतिशत मात्र हो। साथै, सहयोगी मौद्रिक र वित्तीय नीतिहरूले सम्भावित असरलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।

स्विस रि का अनुसार भारतको बीमा बजार २०२५ मा नियामक परिवर्तनका कारण ३.१ प्रतिशतको सुस्त वृद्धिपछि पुनः तीव्र गतिमा फर्किनेछ। बीमा नियामक तथा विकास प्राधिकरण र सरकारद्वारा गरिएका सुधारहरूले पारदर्शिता बढाउँदै उद्योगलाई तीव्र वृद्धिका लागि पुनः संरचना गरिरहेका छन्। प्रत्यक्ष विदेशी लगानी सीमा वृद्धि, वितरण प्रणालीको आधुनिकीकरण र जीएसटी सुधारले नयाँ पूँजी भित्र्याउने, पहुँच विस्तार गर्ने र माग बढाउने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उदीयमान अर्थतन्त्रहरूमध्ये दोस्रो ठूलो जीवन बीमा बजारका रूपमा रहेको भारतमा आगामी पाँच वर्षमा जीवन बीमाको वार्षिक वृद्धि ६.८ प्रतिशत रहने अनुमान गरिएको छ। यो वृद्धि वितरण सञ्जालको विस्तार, अवकाशसम्बन्धी बीमाको बढ्दो माग र कर्जाको वृद्धिले समर्थन गर्नेछ।

गैर–जीवन बीमा क्षेत्रमा नियामक परिवर्तन र स्वास्थ्य खर्च वृद्धिका कारण अल्पकालीन चुनौती देखिए पनि मध्यम अवधिमा पुनः सुधार हुने अपेक्षा गरिएको छ। स्वास्थ्य बीमा सन् २०२६–२०३० अवधिमा वार्षिक ७.२ प्रतिशतले बढ्ने अनुमान छ भने सवारी साधनको स्वामित्व बढ्दै जाँदा मोटर बीमा ७.५ प्रतिशतको दरले वृद्धि हुने प्रक्षेपण गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.