काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २२.१९ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ३३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने १.२१ प्रतिशतले घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित बनेको छ ।
बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ । अघिल्लो आवमा २२ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा १६ करोडमा सीमित बनेको छ । यस्तै लाभांश क्षमता पनि ९.३६ प्रतिशतबाट घटेर ६.३७ प्रतिशतमा झरेको छ ।
बैंकको निक्षेप संकलन ७३ अर्ब २१ करोड र कर्जा परिचालन ५९ अर्ब ५३ करोड पुगेको छ ।
बैंकको चुक्तापूँजी ५ अर्ब २ करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ७६.०६ प्रतिशतले घटेर १६ करोड रुपैयाँमा सीमित बनेको छ । रिजर्भ फण्डको आकार १८.५३ प्रतिशतले बढेर २ अर्ब १८ करोड पुगेको छ ।
बैंकको खराब कर्जा अनुपात ४.४० प्रतिशतबाट बढेर ४.७५ प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड ५.३७ प्रतिशतबाट घटेर ४.२३ प्रतिशत कायम भएको छ । बैंकको सिडि रेसियो ८४.७७ प्रतिशत, बेस रेट ६.१३ प्रतिशत, स्प्रेड दर ४.१९ प्रतिशत, आरओइ १०.९७ प्रतिशत, आरओए ०.९९ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.६०, मूल्य आम्दानी अनुपात २५.०६ गुणा र तरलता अनुपात २५.९३ प्रतिशत कायम भएको छ ।

