बुधबार, माघ २१,२०८२ 08:44:42
Bizshala
  • बुधबार, माघ २१,२०८२ 08:44:42
Bizshala
Global IME Bank Limited
Bizshala

Royal Enfield Hunter 350 पोखरामा लन्च, टेस्ट–राइड र बुकिङ सुरु

Royal Enfield Hunter 350 पोखरामा लन्च, टेस्ट–राइड र बुकिङ सुरु
Shivam Cement

काठमाण्डौ । Royal Enfield ले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर Hunter 350 पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाण्डौमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।

विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको BS VI Hunter 350, 2025 Edition पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

Bizshala
Garima Development Bank
New Office

मोटरसाइकलमा Slip Assist Clutch, १६० एमएम ग्राउण्ड क्लियरेन्स, Dual Channel ABS, LED हेडलैम्प, सुधारिएको सीट र Trip Navigator जस्ता सुविधा समावेश छन्। यसमा प्रयोग गरिएको 349 cc J-series इन्जिन ले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन्।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

Royal Enfield का निर्देशक मेघ राज पौडेल भन्छन्, ‘पोखरा जस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि Hunter 350 अत्यन्त उपयुक्त मोडेल हो। यहाँको शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छौँ। गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौँ।’

Hunter 350 को मूल्य:

  • Dual Tone — रु ४,९९,९००
  • Single Tone — रु. ४,९४,९००

पोखरा स्थित Royal Enfield शोरुममा टेस्ट–राइड तथा तत्काल डेलिभरी उपलब्ध छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.