बुधबार, माघ २१,२०८२ 04:52:06
Bizshala
  • बुधबार, माघ २१,२०८२ 04:52:06
Bizshala
Global IME Bank Limited
Bizshala

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७, सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७, सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
Shivam Cement

काठमाण्डौ । प्रोटोन नेपालअन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ ।

इमास ७ को प्रमुख विशेषता भनेको, यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री हो, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो । यसले नयाँ पुस्ताको ब्याट्रीले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने यसको लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता प्रदान गर्दछ ।

Bizshala
Garima Development Bank
New Office

एइजिस सर्ट ब्लेड ब्याट्रीले उच्च चार्जिङ दक्षता पनि प्रदान गर्दछ । यसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र २० मिनेटमै चार्ज गर्न सक्ने क्षमता राख्दछ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँछ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना रहेको छ, जसले चालक तथा यात्रु दुवैका लागि थप सुरक्षित बनाउछ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यसका साथै, ब्याट्रीको लेआउटका कारण प्रदर्शनमा सम्झौता नगरी इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाइएको छ । छिटो चार्जिङ क्षमतासँगै न्यू युरोपियन ड्राइभिङ साइकल (एनइडिसी) प्रमाणित ४९२ तथा ५८५ किलोमिटरसम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्ने इमस ७ दैनिक शहरी यात्रादेखि लामो दूरीका यात्रासम्मका लागि उपयुक्त रहेको छ ।

इमास ७ को सुरुवातसँगै, प्रोटोन नेपालले नेपाली बजारको आवश्यकता अनुसार आधुनिक, सुरक्षित तथा दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.