काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन ४ हजार २ सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार २ लाख ९१ हजार रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ९ हजार ५ सयले घटेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २७० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भईरहेको छ ।

