काठमाण्डौ । ललितपुर हरिसिद्धी निवासी आश्मा दाहालले दराज नेपालको लोकप्रिय अभियान ११.११ को ‘१ रुपैयाँ डिल’ अन्तर्गत एथर रिज्टा इलेक्ट्रिक स्कुटर जितेकी छन् । उनी दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि इयर’ को ग्राण्ड प्राइज विजेता बन्न सफल भएकी हुन् ।
दराज ११.११ अभियान नोभेम्बर १० को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो । यस अभियान अवधिभर ग्राहकहरूको अत्यधिक सहभागिता पश्चात यसलाई नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो । अभियानको नियमानुसार १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १० हजार रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्रान्ड प्राइजका लागि छनोट हुनु भएकी थिइन् ।
ग्राण्ड प्राइजः एथर रिज्टा ईलेक्ट्रिक स्कुटर
दराज ११.११ को ग्रान्ड प्राइजका रूपमा प्रदान गरिएको एथर रिज्टा इलेक्ट्रिक स्कुटर दैनिक प्रयोग र स्मार्ट शहरी यात्रालाई विशेष ध्यानमा राखेर डिजाइन गरिएको एथर इनर्जीको परिवारमैत्री स्कुटर हो ।
फराकिलो डिजाइन, उन्नत सुरक्षा फिचर्स, स्मार्ट ड्यासबोर्ड र सहज राइडिङ अनुभवका कारण एथर रिज्टा दिगो र व्यवहारिक इलेक्ट्रिक मोबिलिटीको नयाँ मानकका रूपमा परिचित छ । यसले गर्दा दराजको ११.११ अभियानको ग्रान्ड प्राइजका रुरुपमा एथर रिज्टाले अभियानलाई अझ विशेष बनाएको छ ।
१ रुपैयाँ डिल ग्रान्ड प्राइजसँगै, दराज नेपालले ११.११ अवधिमा सञ्चालन गरिएका अन्य आकर्षक उपहार योजनाका विजेताहरूको पनि घोषणा गरेको छ । राजविराजका सुवास विश्वकर्माले बिग डिजिटलद्वारा प्रायोजित एक जनाका लागि थाइल्याण्ड यात्रा जितेका छन् ।
काठमाण्डौको कमलादीकी निकिता श्रेष्ठले एस्टाबेरीद्वारा प्रायोजित एक जोडीका लागि होटल कन्ट्री भिल्लामा बसाइ जित्नु भएकी छिन् ।
त्यसैगरी, कुलेश्वर काठमाण्डौकी नम्रता सापकोटा, लहानकी कृपा शाही ठकुरी, बुटवलकी अलिशा श्रेष्ठ, ललितपुरकी शिवानी मिश्र तथा कोटेश्वर काठमाडौँका अभिषेक पौडेलले डा. शेठ्सद्वारा प्रायोजित एक–एक जोडीका लागि यती × रुपाकोटको बसाइ जितेका छन् ।

