Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतमा हुने निर्वाचनका कारण नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो नाइट–२०२४ को मिति परिवर्तन

Global IME Bank Limited
भारतमा हुने निर्वाचनका कारण नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो नाइट–२०२४ को मिति परिवर्तन
Nabil Bank Limited

काठमाण्डौ । समिट इभेन्ट्स एण्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा काठमाण्डांैमा आयोजना हुन गइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो नाइट–२०२४ को मिति परिवर्तन गरिएको छ ।  

भारतमा हुन  लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय नेपाल भारत सीमा समेत बन्द रहने हुनाले भारत तथा भारत हुँदै नेपाल आउने विभिन्न देशका क्रेता तथा अन्य सहभागीहरुलाई नेपाल  आउन कठिनाई हुने देखिएपछि आयोजकले मिति परिर्वतन गरेको हो । 

आगामी जुन १ मा भारतको  कोलकाता, वाराणसी र बिहारमा निर्वाचन रहेको र मे २९ तारिखबाट सीमा नाका बन्द रहने भएकोले सबै सरोकारवालाहरूको सहभागिता र सुविधा सुनिश्चित गर्न कार्यक्रमको मिति परिर्वन गरिएको समिट इभेन्ट्स एण्ड मार्केट्सका संस्थापक विष्णु पाण्डेले जानकारी दिए ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मे ३१ र जुन १ तारिखमा काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त कार्यक्रम अब जुन १४र १५ माआयोजना हुनेछ । नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइटगर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुखकार्यक्रम हुने लक्ष्य लिएको छ । 

नाइट एस्कपोमा २५० भन्दाबढी होस्ट गरिएका खरीदकर्ताएहरू, एक हजार भन्दा बढि ट्रेड आगन्तुकहरू, र १३० भन्दाबढी प्रदर्शकहरू सहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुवई, टर्की, फिलिपिन्स र अजरबैजान गरि १६ भन्दाबढी देशहरूका प्रदर्शकहरूको सहभागिता रहने छ । एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटर लगायतका विभिन्न क्षेत्रका प्रदर्शकहरुको सहभागिता रहने पाण्डेले जानकारी दिए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.