काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।
कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कुमारी क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २५ लाख ७९ हजार ९२० आवेदकबाट २ करोड ८४ लाख ४१ हजार ६८०० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन सदर र ४० हजार २८ आवेदन बदर भएको छ । यसरी कुल सदर आवेदकबाट २ करोड ७९ लाख ६७ हजार ८५० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।
कुल सदर आवेदकमध्ये ८३ हजार जनालाई १० कित्ताका दरले ८ लाख ३० हजार कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी २४ लाख ५६ हजार ८९२ सदर आवेदकको हात भने रित्तो भएको छ ।
आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता सेयर जारी गरेको थियो ।

