काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म नाफा बढाएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३३.३७ प्रतिशतले बढी हो ।
कम्पनीले यो अवधिमा १५ करोड १४ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.७२ प्रतिशतले बढी हो ।
यो अवधिमा कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा ४ करोड १८ लाख रहेको कम्पनीको वित्त खर्च बढेर ३ करोड २१ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको सञ्चालन मुनाफा ९ करोड ९४ लाखबाट बढेर १० करोड ८४ लाख पुगेको छ ।
कम्पनीको रिटेन्ड अर्निङमा १५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ६ करोड ६३ लाखमा सीमित थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) २९.८१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १३१.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१२.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.०२ गुणा कायम भएको छ ।

