अपर हेवाखोला हाईड्रोपावरको ३५.३० लाख कित्ता सेयरको लकइन अवधि आजबाट समाप्त हुँदै
काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त हुने भएको छ । कम्पनीको कुल ३५ लाख ३० हजार कित्ता सेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।