काठमाण्डौ । बाढीले क्षतिग्रस्त आयोजना पुनः निर्माण कार्य सम्पन्न भएसँगै अपर हेवाखोला हाईड्रोपावर कम्पनी नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८ लाख ५२ हजार घाटामा थियो ।
कम्पनीले यो अवधिमा १६ करोड ३४ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १९.८७ प्रतिशतले बढी हो । कम्पनीको रिटेन्ड अर्निङमा ५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा कम्पनीको रिटेन्ड अर्निङ ८० लाख ५६ हजारमा सीमित थियो । यसरी कम्पनीको रिटेन्ड अर्निङमा ५८४.४२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ११.९० रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १११.०३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३००.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५४.३२ गुणा कायम भएको छ ।