Bizshala
  • बुधबार, माघ २८,२०८२ 06:08:15
Bizshala
Global IME Bank Limited
Bizshala

राष्ट्रिय आर्थिक गणना, २०८२ः नेपाल उद्योग परिसंघ र तथ्यांक कार्यालयबीच सहकार्य हुने

राष्ट्रिय आर्थिक गणना, २०८२ः नेपाल उद्योग परिसंघ र तथ्यांक कार्यालयबीच सहकार्य हुने
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ केन्द्रित अन्तरक्रिया आयोजना गरिएको छ । सो अवसरमा तथ्यांक कार्यालय र परिसंघबीच समझदारी (एमओयू) गरी अध्ययन र तथ्यांक विश्लेषणमा सहकार्य गर्ने सहमती भएको छ ।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख ढुण्डीराज लामिछानेले राष्ट्रिय आर्थिक गणना,  २०८२ मा निजी क्षेत्रको आशंका निवारण गर्दै तथ्यांक ऐन, २०७९ अनुसार तथ्यांकको पूर्ण गोपनीयता कायम गरिने बताए । 

Bizshala
Garima Development Bank
New Office

उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील रहेको भन्दै उनले यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचकहरू तयार गरी अनुसन्धान र नीति निर्माण गर्ने प्रयोजनका लागि रहेको बताए । ‘निजी क्षेत्रको सहभागिता बिना यो अभियान सफल हुन सक्दैन । त्यसैले हामी परिसंघ जस्ता संगठित संस्थाहरूसँग घनिभूत सहकार्य गर्न चाहन्छौं’ उनले भने । राष्ट्रिय आर्थिक गणना, २०८२ मूल नारा ‘अर्थतन्त मापनको लागि आर्थिक गणना’ रहेको कार्यालयले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकालले राष्ट्रिय आर्थिक गणना, २०८२ सम्बन्धी प्रस्तुतिकरण गर्दै आर्थिक गणना अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने, अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुलगायत रहेको बताए ।

परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले निजी आर्थिक गणना तथ्यांक संकलनमा परिसंघले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । सही तथ्याङ्क आए मात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुने हुँदा निजी क्षेत्र यस प्रक्रियामा जोडिनुपर्ने बताए ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.