काठमाण्डौ । आम्दानीमा गिरावट आउदा नेपाल रिपब्लिक मिडिया लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा १ करोड ७६ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३९ लाख ५३ हजार घाटामा रहेको थियो ।
यो अवधिमा कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८.६९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले ४ लाख ७९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च २ करोड १८ लाख र बिक्री तथा वितरण खर्च ७९ लाख १९ हजार रहेको छ । कम्पनीको वित्त खर्च १ करोड ३९ लाखबाट घटेर १ करोड २ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ५२ करोड २८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५८ करोड ९१ लाख र कुल चालु दायित्व २६ करोड ८७ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.८२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२४.७५ रुपैयाँ र तरलता अनुपात २.१९ प्रतिशत कायम भएको छ

