काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सालपा विकास बैंक लिमिटेडको आइपीओ सूचीकृत भएको छ । बैंककोे आइपीओ ‘एसएबीबीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
बैंकको १०० रुपैयाँ अंकित मूल्य रहेको कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर आज सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ३३ प्रतिशत सेयर अर्थात् ३५ लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६७ प्रतिशत सेयर अर्थात् ५२ लाख २३ हजार ८८० कित्ता रहेको छ ।
नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोमबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

