काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडको संस्थागत सञ्चालक उर्जा डेभलपर्स प्रालिले आफ्नो आधिकारिक प्रतिनिधि परिवर्तन गरेको छ। उर्जा डेभलपर्सबाट प्राप्त पत्रअनुसार कम्पनीले यसअघि आधिकारिक प्रतिनिधि सञ्चालकका रूपमा रहेकी प्रकृति श्रेष्ठको स्थानमा रवि कृष्ण मुल्मीलाई नयाँ प्रतिनिधि नियुक्त गरेको हो।
यस सम्बन्धमा माघ ४ गते बसेको सामलिङ्ग पावरको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हुने गरी मुल्मीलाई उर्जा डेभलपर्सको आधिकारिक प्रतिनिधिका रूपमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

