बुधबार, जेष्ठ २७,२०८३ 06:50:26
Bizshala
  • बुधबार, जेष्ठ २७,२०८३ 06:50:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंकका सीईओसँग उद्योग मन्त्री यादवको छलफल, उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार र तरलता व्यवस्थापनमा जोड

Laxmi Sunrise Bank Limited
बैंकका सीईओसँग उद्योग मन्त्री यादवको छलफल, उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार र तरलता व्यवस्थापनमा जोड
Shivam Cement

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले वाणिज्य बैंक तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हरूसँग उत्पादनमूलक क्षेत्रमा लगानी तथा कर्जा प्रवाह विस्तारका विषयमा उच्चस्तरीय छलफल गरेकी छन्। मन्त्रालयले औद्योगिकीकरणमार्फत रोजगारी सिर्जना र आर्थिक वृद्धिलाई गति दिने उद्देश्यसहित उक्त छलफल आयोजना गरेको हो।

छलफलमा उत्पादनमूलक उद्योगहरूका लागि सहुलियतपूर्ण कर्जा प्रवाह, परियोजनाको लागत र व्यावसायिक सम्भाव्यताका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था तथा बैंकिङ प्रणालीमा रहेको निष्क्रिय तरलतालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने विषयमा विशेष जोड दिइएको थियो।

Bizshala
New Office
CG Motors

मन्त्री यादवले व्यापार तथा उपभोगमुखी क्षेत्रभन्दा उत्पादनमूलक उद्योगमा कर्जा प्रवाहलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै औद्योगिक लगानीको वातावरण सुदृढ बनाउन बैंकिङ क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताइन्। साथै, दीर्घकालीन औद्योगिक परियोजनाका लागि स्थिर र पूर्वानुमानयोग्य ब्याजदर संरचना विकास गर्नुपर्नेमा पनि जोड दिइन्।

Garima Development Bank
Shivam Cement
Bizshala

छलफलका क्रममा रुग्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक वित्तीय सहजीकरण, बैंक तथा लगानीकर्ताबीच जोखिम साझेदारीका नयाँ मोडेल विकास, लगानी स्वीकृति र कर्जा प्रक्रियाको सरलीकरण तथा कर्जा जोखिम न्यूनीकरणका उपायबारे समेत विचार विमर्श भएको थियो।

त्यसैगरी, स्टार्टअप तथा नवप्रवर्तनमा आधारित उद्यमलाई प्राथमिकता दिने, वित्तीय पहुँचबाहिर रहेका व्यवसायलाई बैंकिङ प्रणालीमा आबद्ध गराउने, उद्योग व्यवसाय र बैंकिङ क्षेत्रबीच नियमित संवादको संयन्त्र विकास गर्ने तथा कर्जा माग–आपूर्ति र लगानी क्षेत्रसम्बन्धी तथ्यांकलाई व्यवस्थित बनाउने विषय पनि छलफलमा समेटिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.