शनिबार, श्रावण ९,२०८३ 07:52:09
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:52:09
Bizshala
Global IME Bank Limited

युरोमनीपछि आईसीसी अवार्ड पनि नबिलकै पोल्टामा

युरोमनीपछि आईसीसी अवार्ड पनि नबिलकै पोल्टामा
New Office

काठमाण्डौ । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा प्रदान गरिने ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ।

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्डस्–२०२६’ मा नबिल बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।

ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सरोकारवालाहरूको निरन्तर सहयोगका कारण बैंकले यो सफलता प्राप्त गरेको जनाएको छ। यस सम्मानले बैंकिङ सेवा, प्रविधि र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा मिलेको बैंकको भनाइ छ।

नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु बैंकका लागि खुसी र गौरवको विषय भएको बताए।

‘बैंक फेरि एकपटक प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। हामीलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भने।

अवार्डका लागि नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरूको सहभागिता थियो।

आईसीसी भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था हो। भारतका प्रमुख व्यावसायिक समूहहरू आबद्ध रहेको यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक गतिविधि विस्तार गर्ने उद्योग र व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ।

नबिल बैंकले हालै युरोमनी अवार्ड्स फर एक्सेलेन्सअन्तर्गत तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधिसमेत प्राप्त गरेको थियो। बैंक ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधिबाट सम्मानित भएको थियो।

बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा ती उपाधि प्रदान गरिएको जनाइएको छ।

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा रहेको नबिलले हाल देशभरका २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले ग्राहक, समुदाय र देशको अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसहित ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.