धुलिखेल । काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
शुक्रबार साँझ रिसोर्टको पुलमा पौडी खेलिरहेका काठमाडौंको चन्द्रागिरी निवासी २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार स्वीमिङ पुलमा विद्युत् सर्ट हुँदा उनलाई करेन्ट लागेको आशंका गरिएको छ।
घटनापछि मृतकका आफन्तले रिसोर्ट व्यवस्थापनको लापरबाहीका कारण प्रधानको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षमाथि कारबाही गर्न माग गरेका छन्।
घटनाका विषयमा पीडित परिवार र रिसोर्ट व्यवस्थापनबीच छलफल भइरहेको छ। प्रहरीले पनि घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको जनाएको छ।

