काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सदाबहार योजना’ को स्टक सिम्बोल परिवर्तन भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल कोष प्रवद्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को स्टक सिम्बोल ‘सीएसवाई’बाट परिवर्तन भएर ‘सीएसबीवाई’ कायम गरिएको छ ।
यही नयाँ स्टक सिम्बोलका आधारमा यो योजनाको कारोबार भईरहेको योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटलले जनाएको छ ।

