बुधबार, बैशाख २,२०८३ 11:32:14
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 11:32:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

साइबरट्रकको नयाँ सस्तो भेरियन्ट सार्वजनिक, माग बढाउन साइबरबिस्टको मूल्यमा कटौती

Bizshala
साइबरट्रकको नयाँ सस्तो भेरियन्ट सार्वजनिक, माग बढाउन साइबरबिस्टको मूल्यमा कटौती
Shivam Cement

काठमाण्डौ । अमेरिकास्थित विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले आफ्नो पिकअप ट्रक ‘साइबारट्रक’ का नयाँ सस्तो भेरियन्ट सार्वजनिक गरेको छ भने सबैभन्दा महँगो मोडल ‘साइबारबिस्ट’ को मूल्य घटाएको छ। बजारमा माग घट्दै जाँदा कम्पनीले मूल्य समायोजनको रणनीति अघि बढाएको हो।

कम्पनीले नयाँ डुअल–मोटर अल–ह्वील–ड्राइभको मूल्य ५९ हजार ९९० अमेरिकी डलर तोकेको छ, जसलाई हालसम्मकै ‘सबैभन्दा किफायती’ साइबार ट्रकको रूपमा प्रस्तुत गरिएको छ। साथै, ‘साइबरबिस्ट’ मोडलको मूल्य १ लाख  १४ हजार ९९० डलरबाट घटाएर ९९ हजार ९९० डलर निर्धारण गरिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मूल्य कटौतीसँगै कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको लक्सई प्याकेज बन्द गर्ने संकेत देखिएको छ। उक्त प्याकेजमा ‘सुपरभाइज्ड फुल सेल्फ ड्राईभिङ’ सुविधा र सुपरचार्जर नेटवर्कमा निःशुल्क पहुँच समावेश थियो। कम्पनीले गत अगस्टमा साइबरट्रकको मूल्य वृद्धि गर्दा यो प्याकेज थप गरेको थियो।

यसै महिनाको सुरुमा टेस्लाले आफ्नो सबैभन्दा बढी बिक्री हुने मोडल वाई एसयूभीको नयाँ अल–ह्वील–ड्राइभ संस्करण ४१ हजार ९९० डलरमा सार्वजनिक गरेको थियो, जुन सस्तो स्ट्याण्डर्ड’ रियर–ह्वील–ड्राइभ संस्करणभन्दा माथिल्लो स्तरमा पर्छ।

CG Motors
Garima Development Bank
IME remit

टेस्लाले सन् २०२६ को रणनीतिअन्तर्गत प्रवेश–स्तरका सवारीसाधनको मूल्य घटाएर लागत–संवेदनशील ग्राहकलाई आकर्षित गर्ने नीति लिएको छ।

गत सेप्टेम्बरमा ट्रम्प प्रशासनले ७ हजार ५०० डलरको संघीय कर छुट अन्त्य गरेपछि अमेरिकी ईभी बजार सुस्ताएको छ। साथै, विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

विश्लेषकहरूले सस्तो मोडलहरूको हिस्सा बढ्दा नाफाको मार्जिनमा दबाब पर्न सक्ने चेतावनी दिएका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.