शुक्रबार, फाल्गुन ८,२०८२ 07:47:55
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 07:47:55
Bizshala
Global IME Bank Limited

उत्पादनमूलक कम्पनीहरुको रिपोर्टः वित्तीय अवस्थामा जुन कमजोर उसकै सेयरभाउ उच्च, लो क्यापले उचालिँदै मूल्य

उत्पादनमूलक कम्पनीहरुको रिपोर्टः वित्तीय अवस्थामा जुन कमजोर उसकै सेयरभाउ उच्च, लो क्यापले उचालिँदै मूल्य
Shivam Cement

काठमाण्डौ । उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले वित्तीय विवरणमा सुधार ल्याएका छन् । विशेषगरी यो समूहमा पर्ने सिमेन्ट उद्योगहरुले आम्दानीसँगै नाफामा राम्रै सुधार गरेका छन् ।

उत्पादन तथा प्रशोधन समूहमा कुल १३ कम्पनी छन्, जसमध्ये ४ वटा मात्रै सिमेन्ट उद्योग छन् भने अन्य व्यापार समूहका कम्पनीहरु समावेश छन् ।

चालु आवको दोस्रो त्रैमाससम्म चारवटै सिमेन्ट कम्पनीले वित्तीय अवस्था सुधारेका छन् । सो अवधिसम्म सबैभन्दा बढी सर्वोत्तम सिमेन्टले ५३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १२३।०१ प्रतिशत बढी हो ।

सर्वोत्तमले कमाएको यो नाफा उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुमध्येकै सर्वाधिक हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, शिवम् सिमेन्ट्सले पनि ५२८.५२ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ ।

सिमेन्ट उद्योगअन्तर्गतकै अर्को कम्पनी सोनापुर मिनरल्स आयलले भने ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म १२ करोडढ २० लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।

यता घोराही सिमेन्टले भने घाटा कम गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म ६६ करोड ७१ लाख रुपैयाँ घाटा ब्यहोरेको यो कम्पनीले यस अवधिसम्म आइपुग्दा २६ करोड ४९ लाख रुपैयाँ मात्रै घाटा ब्यहोरेको छ ।

यसरी सिमेन्ट कम्पनीहरुले आफ्नो वित्तीय अवस्था सुधारेको देखिएको छ । यो समूहअन्तर्गत दोस्रो बढी नाफा कमाउनेमा भने हिमालयन डिष्टिलरी रहेको छ । यो कम्पनीले ४४ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, युनिलिभर नेपालले ४३ करोड ९ लाख, रिलायन्स स्पिनिङ मिल्सले १३ करोड ७४ लाख, बोटलर्स नेपाल (तराई) लिमिटेडले १३ करोड ५४ लाख, बोटलर्स नेपाल (बालाजु) लिमिटेडले ३ करोड १२ लाख, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले १ करोड ५६ लाख र एसवाई प्यानल लिमिटेडले ७८ लाख रुपैयाँ नाफा कमाएको छ ।

सो अवधिसम्म सागर डिष्टिलरी २ करोड ६१ लाख, ओम मेगाश्री फर्मास्युटिकल्सले ३ करोड ८४ लाख र घोराही सिमेन्टले २६ करोड ४९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

उत्पादन तथा प्रशोधन समूहअन्तर्गतका यी कम्पनीहरुमा युनिलिभर नेपाल र बोटलर्स नेपालका दुईवटै कम्पनीको कारोबारमा आउने सेयर कित्ता निकै कम छ । जसअनुसार यी तीनवटै कम्पनीको सेयरभाउ अत्यधिक र कारोबार समेत दोस्रोबजारमा हुँदैन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उक्त तीन कम्पनीबाहेक अन्य कम्पनीलाई हेर्दा जुन कम्पनीको वित्तीय अवस्था कमजोर छ, त्यहि कम्पनीकै सेयरभाउ भने उच्च देखिएको छ । जसमा सर्वाधिक सेयरभाउ सागर डिष्टिलरीको करिब २ हजार रुपैयाँ आसपास छ, तर कम्पनीको वित्तीय अवस्था केलाउने हो भने सिमेन्ट कम्पनीहरुको तुलनामा नाजुक नै देखिन्छ ।

कम्पनीले सो अवधिसम्म साढे २ करोड रुपैयाँ घाटा ब्यहोर्दा यता इपीएस पनि ७.२१ रुपैयाँ ऋणात्मक छ ।

त्यस्तै, एसवाई प्यानलको अवस्था पनि त्यस्तै देखिन्छ । कम्पनीको वित्तीय अवस्था सन्तोषजनक नभएपनि सेयरभाउ भने १९ सय रुपैयाँमाथि छ । यहि समूहकै सिमेन्ट कम्पनीहरुको तुलनामा कम्पनीको नाफा, आम्दानी र इपीएसको अवस्था कम छ तर सेयरभाउ भने अप्रत्यासित रुपमा बढी देखिन्छ । कम्पनीको इपीएस जम्मा १.६५ रुपैयाँ छ ।

यता श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको रिर्पोट ठिकठिकै देखिएपनि सेयरभाउ १३ सय रुपैयाँमाथि छ भने इपीएस जम्मा १.०३ रुपैयाँ छ ।

साथै १३ सय रुपैयाँ सेयरभाउ रहेको ओम मेगाश्री फर्मास्युटिकल्सको रिर्पोट दयनिय अवस्थामा नै छ । कम्पनीले सो अवधिसम्म ३ करोड ८४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । इपीएस समेत १२.८१ रुपैयाँ ऋणात्मक अवस्थामा छ ।

लो क्यापको कारण सेयरभाउ उचालिदै

पछिल्लो समय धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरु लो क्याप वा मिड क्याप कम्पनीतर्फ बढी आकर्षित छन् । विशेषगरी बजारमा ट्रेडरहरु हाबी भएका कारण कम्पनीको वित्तीय अवस्था केलाउन भन्दा लो क्याप कम्पनीतर्फ आँखा चिम्लिएरै हाम फालिहाल्ने प्रवृत्ति छ ।

यस्तो अवस्थाले पछिल्लो समय बजारको स्थायित्वमा ठेस पुग्नुका साथै बजारको स्वस्थता हराउँदै गएको छ ।

उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुको अवस्था अहिले त्यस्तै देखिखएको छ । वित्तीय अवस्था राम्रा कम्पनीहरुको सेयरभाउ बढ्न नसक्नु र वित्तीय रुपमा कमजोर तर थोरै सेयर कित्ता भएका कम्पनीहरुको सेयरभाउ पनि उचालिँदै गएको छ ।

जम्मा १४ लाख  ५२ हजार कित्ता कारोबारमा आउने भएकाले नै सागर डिष्टिलरीको सेयरभाउ अप्रत्यासित रुपमा बढाइएको स्पष्ट देखिन्छ । यसका साथै लो क्याप वा मिड क्यापमै गनिने ओम मेगाश्री फर्मास्युटिकल्सको पनि जम्मा १८ लाख कित्ता सेयर मात्रै कारोबारमा आउँछ । तर कम्पनीको वित्तीय अवस्था ऋणात्मक देखिन्छ भने सेयरभाउ भने १३ सय रुपैयाँ छ ।

यता सेयरबजारमा अहिले ‘हट केक’को रुपमा रहेको रिलायन्स स्पिनिङ मिल्सको पनि जम्मा १९ लाख २६ हजार कित्ता सेयर मात्रै कारोबार गर्न मिल्छ । भर्खरै नेप्सेमा सूचीकृत भएकाले यो कम्पनीको सेयरभाउ भलै कम भएपनि अत्यधिक लगानीकर्ताको रोजाईमा छ र नेप्सेको चार्टमा उच्च खरिद माग समेत देखिन्छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.