सोमबार, श्रावण ११,२०८३ 09:06:44
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 09:06:45
Bizshala
Global IME Bank Limited

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
New Office

काठमाण्डौ । सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने निर्णयलाई शीघ्र कार्यान्वयनमा ल्याउने तयारी थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा यो नीति लामो अध्ययन र छलफलपछि तयार भएको जानकारी दिए।

मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउने निर्णयले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने मात्र नभई, वार्षिक करिब ६ अर्ब रूपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सहयोग पुग्ने बताए। यसले व्यापार घाटा कम गर्न र आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

सरकारले इथानोल उत्पादनका लागि आवश्यक नियम, गुणस्तर मापदण्ड र न्यूनतम मूल्य निर्धारणको प्रक्रिया छिटै अघि बढाउने तयारी गरेको छ। उद्योग मन्त्रालयका सहसचिव शिवराम पोखरेलका अनुसार, हाल नेपालमा व्यावसायिक रूपमा इथानोल उत्पादन भइरहेको छैन, तर आदेशले उत्पादनका लागि बाटो खोलिदिएको छ।

निजी क्षेत्रका प्रतिनिधिहरूले उत्पादनका लागि कच्चापदार्थ पर्याप्त रहेको भए पनि उद्योग स्थापना र लगानीको वातावरण सहज हुनुपर्नेमा जोड दिएका छन्।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले मूल्य, गुणस्तर र बजार नियमन स्पष्ट नहुँदा नीति प्रभावकारी नहुने चेतावनी दिए। ‘इथानोलको मूल्य, गुणस्तर र नापतौल व्यवस्थापन स्पष्ट हुनु आवश्यक छ’” उनले भने ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले यो कार्यक्रम २० वर्षदेखि तयारीमा रहेको हो र अब कार्यान्वयनबाट पछि नहट्ने दाबी गरे। उनले यो पूर्ण कार्यान्वयनमा आउन १–१.५ वर्ष लाग्न सक्ने आँकलन गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.