सोमबार, असार १६,२०८२ 05:17:25
  • सोमबार, असार १६,२०८२ 05:17:25
Global IME Bank Limited

तीन सिमेन्टसहित ३५ कम्पनीको २८ अर्बको आइपीओ आँउदै

Hyundai Nepal
तीन सिमेन्टसहित ३५ कम्पनीको २८ अर्बको आइपीओ आँउदै
Nabil Bank Limited

काठमाण्डौं । लामो समयदेखि अड्किरहेको आईपीओ निष्कासनको प्रक्रियाले गति लिने भएको छ । तत्कालिन अध्यक्ष रमेशकुमार हमाल बाहिरिए पछि रोकिएको आईपीओ निष्कासनको प्रक्रिया अर्थमन्त्रीको निर्देशन पछि अघि बढ्न लागेको हो ।  

हाल जलविद्युत,उत्पादन तथा प्रशोधन, लगानी र अन्य समूह गरेर करिव ३५ कम्पनीहरुको २८ अर्बबराबरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् । यसमा तीन वटा सिमेन्ट कम्पनीहरु रहेका छन् । जसमा सौर्य सिमेन्ट, मारुती सिमेन्ट र जगदम्बा सिमेन्ट छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

यी कम्पनीहरुले प्रिमियममा आईपीओ ल्याउने तयारी गरेका छन् । पछिल्लो समय सिमेन्ट कम्पनीहरु एक पछि अर्को गर्दै दोस्रो बजारमा आउने तयारीमा जुटेका छन् । हाल नेप्सेमा शिवम् , सोना र सर्वोत्तम गरी ३ कम्पनी सूचीकृत छन् । सर्वोत्तम सिमेन्ट हालै मात्रै आईपीओ निष्कासन गरी नेप्सेमा सूचीकृत भएको छ ।  

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले अर्थमन्त्रीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन निमित्त अध्यक्ष नबराज अधिकारीलाई निर्देशन दिएको बताए । बोर्डले आइपिओ स्वीकृतीका लागि काम गरिरहेको पनि श्रेष्ठले जानकारी दिए । 

त्यसै गरि, अर्थमन्त्रालयबाट पूँजीबजार हेर्ने जिम्मा पाएका रितेश कुमार शाक्यले अब बस्ने बोर्ड बैठकबाट आईपीओ स्वीकृती हुन सक्ने जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.