सोमबार, श्रावण ११,२०८३ 09:01:31
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 09:01:31
Bizshala
Global IME Bank Limited

सात निर्माण कम्पनी परे कालो सूचीमा

सात निर्माण कम्पनी परे कालो सूचीमा
New Office

काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने सातवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायको सिफारिसअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको छ।

सूचनामा कालो सूचीमा राखिने आधार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) भएको जनाइएको छ। यस अनुसार, जिम्मेवारी पूरा नगर्ने कम्पनीहरूले अब ६ महिनादेखि १ वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

कालो सूचीमा पर्ने कम्पनीहरुमा डाइमेन्सनल कन्स्ट्रक्सन, थ्री–स्टार कन्स्ट्रक्सन, चुरे कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जगतिसिंह कन्स्ट्रक्सन सेवा, क्वालिटी सोलुसन कम्पनी, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स र जिबी मेटल क्राफ्ट इण्डस्ट्रिज एण्ड सप्लायर्स रहेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.