काठमाण्डौ । लामो समयदेखि समस्याग्रस्त रहेको नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनीका ठूला संस्थागत निक्षेपकर्तालाई पैसा फिर्ता गर्न सुरु गर्ने तयारी भएको छ।
राष्ट्र बैंकस्थित स्रोतका अनुसार नागरिक लगानी कोष, नेपाली सेना र राष्ट्रिय बीमा संस्थानलाई करिब १३ करोड रुपैयाँ फिर्ता गर्न लागिएको छ।
कम्पनीको खराब कर्जा बढ्दै जादा र कर्जा नोक्सानीले पुँजीकोष ऋणात्मक भएसँगै २०६८ पुस ८ गते नेपाल राष्ट्र बैंकले कम्पनीलाई समस्याग्रस्त घोषणा गरी ‘ओभर टेक’ गरेको थियो।

