शुक्रबार, फाल्गुन १५,२०८२ 05:17:55
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:17:55
Bizshala
Global IME Bank Limited

‘ग्लोबल मनी विक २०२६’ भव्य रूपमा मनाउन धितोपत्र बोर्डको आह्वान

‘ग्लोबल मनी विक २०२६’ भव्य रूपमा मनाउन धितोपत्र बोर्डको आह्वान
Shivam Cement

काठमाण्डौ । Organisation for Economic Co-operation and Development (OECD) अन्तर्गतको International Network on Financial Education (INFE) को सदस्यका हैसियतले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले “Global Money Week 2026” भव्य रूपमा मनाउन सरोकारवाला सबै निकायलाई आह्वान गरेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

नेपाल धितोपत्र बोर्डले ग्लोबल मनी विकको सातौँ संस्करणदेखि बजार सहभागीहरू जस्तै नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ, मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल, स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल, नेपाल प्राइभेट इक्विटी एशोसिएसन, क्रेडिट रेटिङ संस्थाहरू, धितोपत्र व्यापारी संस्थाहरू, विभिन्न शैक्षिक संस्थाहरू तथा पुँजी बजारसँग आबद्ध संघ–संस्थाहरूको सहकार्यमा देशव्यापी रूपमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस वर्ष पनि आगामी मार्च १६ देखि २२ (२०८२ चैत्र २ देखि ८) सम्म “Smart Money Talks” भन्ने नाराका साथ ग्लोबल मनी विकको चौधौँ श्रृङ्खला मनाइनेछ। बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि OECD को संयोजनमा विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ। हालसम्म १७६ भन्दा बढी देशका ७ करोडभन्दा बढी बालबालिका तथा युवामाझ यो अभियान पुगिसकेको छ।

नेपाल धितोपत्र बोर्डले पुँजी बजारसँग सम्बद्ध संघ–संस्थाहरूलाई आ–आफ्नो संस्थाबाट सञ्चालन गरिने कार्यक्रमहरूको विस्तृत जानकारी बोर्डको तालिम, प्रशिक्षण तथा वित्तीय साक्षरता महाशाखाको इमेल ठेगाना [email protected] मा उपलब्ध गराउन अनुरोध गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.