सोमबार, श्रावण ११,२०८३ 10:21:34
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:21:34
Bizshala
Global IME Bank Limited

काँकडभिट्टा नाकाबाट सात महिनामा ११ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टा नाकाबाट सात महिनामा ११ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पूर्वी नाका काँकडभिट्टा बाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयकाका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ आयात ६० करोड २० लाख १० हजार रुपैयाँले वृद्धि भएको छ। आयात वृद्धि भएसँगै यसबाट प्राप्त राजस्वसमेत ६.७० प्रतिशतले बढेको छ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट ५ अर्ब ६३ करोड ४५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

आयात विवरणअनुसार सात महिनाको अवधिमा ५ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ बराबरको ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको छ भने ३ अर्ब ८१ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको ४० हजार ३५२ किलोलिटर डिजेल भित्रिएको छ।

त्यसैगरी १ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ बराबरको १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, ४३ करोड ५८ लाख रुपैयाँ बराबरको ४ हजार ७३६ किलोलिटर एटीएफ तथा ११ करोड ३० लाख रुपैयाँ मूल्य बराबरको १ हजार २१२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.