काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
हिमालयन लघुवित्तको ६.६५ प्रतिशत दरको कुल २ लाख १२ हजार ६७९ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको सूचीकृत सेयर संख्या ३४ दमअ १० हजार ८६१ कित्ता पुगेको छ ।
त्यस्तै, घोराही सिमेन्टको १० प्रतिशत दरको कुल ४५ लाख ६७ हजार ६८५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको सूचीकृत सेयर संख्या ५ करोड २ लाख ४४ हजार ५४३ कित्ता पुगेको छ ।

