सोमबार, श्रावण ११,२०८३ 10:21:44
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:21:44
Bizshala
Global IME Bank Limited

मस्जिद लक्षित उक्साहटको योजना फेल : प्रहरी अपरेशनमा बम र सुँगुरको टाउको बरामद

मस्जिद लक्षित उक्साहटको योजना फेल : प्रहरी अपरेशनमा बम र सुँगुरको टाउको बरामद
New Office

काठमाण्डौ । मतदान नजिकिँदै गर्दा धार्मिक सद्भाव भड्काउने उद्देश्यले तयार गरिएको एक षड्यन्त्र पर्सामा प्रहरीले नाकाम पारेको छ। सुतली बम र सुँगुरको टाउकोसहित हिंसा भड्काउने योजना बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरु मस्जिद परिसरमा सुँगुरको टाउको फ्याँकेर धार्मिक तनाव सिर्जना गर्ने तयारीमा थिए। उनीहरुले पसलबाट सुँगुरको टाउको किनेर त्यसलाई दुई टुक्रा पारेर मस्जिदमा फ्याँक्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा स्रोतले जनाएको छ।

“उनीहरुको उद्देश्य धार्मिक सद्भाव भड्काएर चुनावको वातावरण अस्थिर बनाउने देखिन्छ,” सुरक्षा स्रोतले भन्यो, “प्रहरीको समयमै भएको अपरेशनले उक्त योजना सफल हुन पाएन।”

पक्राउ परेकाहरुको साथबाट प्रहरीले नौ थान सुतली बम, तारलगायतका शंकास्पद सामग्री बरामद गरेको जनाएको छ।

यसैबीच प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई समेत शंकास्पद वस्तुसहित नियन्त्रणमा लिएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले निर्वाचन नजिकिँदै गर्दा शान्ति–सुरक्षा कडा बनाइएको र सामाजिक तथा धार्मिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.