Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

फोर्ब्सको धनाढ्यको सूचीमा यी महिलाको इन्ट्री, श्रीमानले कुनै बेला लण्डनका सडकमा चलाउथे ट्याक्सी

Global IME Bank Limited
फोर्ब्सको धनाढ्यको सूचीमा यी महिलाको इन्ट्री, श्रीमानले कुनै बेला लण्डनका सडकमा चलाउथे ट्याक्सी
Nabil Bank Limited

काठमाण्डौ । फोर्ब्सले भारतीय अरबपतिहरुको सूची सार्वजनिक गरेको छ । जसमा २५ जना नयाँ धनाढ्य थपिएका छन् । यी मध्ये धनाढ्यको सूचीमा प्रवेश गर्ने एक महिलाको नाम हो, रेणुका जगतियानी ।  

रेणुका भारतको धनाढ्यको सूचीमा ४४ औं स्थानमा छिन् । उनको कुल सम्पत्ति करिब ५ अर्ब डलर छ । आज उनी धनाढ्यको सूचीमा सूचीकृत भएकी छिन् । तर समय यस्तो पछि थियो जब उनका श्रीमान  लण्डनको सकडमा ट्याक्सी चलाउने गर्थे ।  

फोर्ब्सका अनुसार रेणुका जगतियानी ल्याण्डमार्क ग्रुपको सीईओ हुन् । उनको कुल सम्पत्ति ४.८ अर्ब डलर छ । ल्याण्डमार्क ग्रुपको कारोबार विश्वका कयौं देशमा फैलिएको छ । यसको मुख्यालय दुबईमा छ । यो कम्पनीको स्थापना रेणुकाले आफ्ना दिवंगत श्रीमान मिकी जगतियानीसँग मिलेर स्थापना गरेकी थिइन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सफलता हासिल गर्ने क्रममा उनले जीवनमा थुप्रै उतारचढावको सामना गरेकी छिन् । रिपोर्टका अनुसार उनको श्रीमान मिकी जीवनयापनका लागि सन् १९७० को दशकमा लण्डनमा ट्याक्सी चलाउने गर्थे । त्यपछि उनी लण्डनबाट बहराइन हुँदै दुबई आएका थिए । जहाँ उनले व्यवसायको साम्राज्य खडा गर्न सफल भए ।  

बहराइनमा खेलौना बेचेर व्यवसायमा भित्रिएका मिकीले दुबईमा ल्याण्डमार्क ग्रुपको स्थापना गरेर मध्य पूर्व र दक्षिण पूर्व एशियामा फेशन,इलेक्ट्रिोनिक्स,फर्नीचर रहोटल लगायतका क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरेका थिए । मिकीको मृत्युपछि रेणुकाले सन् १९९३ देखि व्यवसाय सम्हालेकी थिइन् । अहिले रेणुका कम्पनीको अध्यक्ष छिन् भने उनका तीन सन्तान कम्पनीको बोर्ड अफ डाइरेक्टर छन् ।  

रेणुकाले व्यवसाय सम्हालेपछि आक्रामक रुपमा व्यवसायलाई विस्तार गरिन् । अहिले ग्रुपको विश्वका २१ देशमा २२ सयभन्दा बढी स्टोरहरु सञ्चालनमा छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.