सोमबार, असार १६,२०८२ 04:09:55
  • सोमबार, असार १६,२०८२ 04:09:55
Global IME Bank Limited

तीन साता लगातार घट्यो नेप्से, अबको सपोर्ट कतिमा ? (प्राविधिक विश्वलेषणसहित)

Hyundai Nepal
तीन साता लगातार घट्यो नेप्से, अबको सपोर्ट कतिमा ? (प्राविधिक विश्वलेषणसहित)
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ५ दिन नै घट्यो । अघिल्लो साता २०३५.६४ मा बन्द भएको बजार यो साता २००४.०५ मा बन्द भयो । यस हिसावले यो साता बजार ३१.५९ अंकले घट्यो । यो साता सेयर बजारमा ५ दिन कारोबार १३.९४ अर्बको कारोबार भयो । अघिल्लो साता ९.७३ अर्बबराबरको कारोबार भएको थियो । यस हिसाबले यो साता सूचक घट्यो भने सेयर कारोबार बढ्यो । यो सातासम्म दोस्रो बजारमा लगातार तीन साता बजार घट्यो । यो साता बजार पूँजीकरण ३१.७७ खर्ब पुग्यो । अघिल्लो साता बजार पूँजीकरण ३२.२७ खर्ब थियो । यस हिसावले यो साता ५० अर्ब बजार पूँजीकरण घट्यो ।  

इचिमोकू  

जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत यो साताको बजार पनि वियरिस नै देखिएको छ । इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो। यससँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु  क्लाउडअन्तर्गत यो साता मूल्य रेखाहरु क्लाउड पोजिसनबाट तल खसेका छन् । बेस लाइन र कन्भर्जन लाइनबीच क्रस ओभर बनेको छ । क्लाउडको पोजिसन पनि हरियो बाट रातो बनेको छ । यी सबै इन्डिकेटरबाट नियाल्दा बजार झनझन् वियरिस बन्दै गरेको देखिन्छ । यो साता सबै कारोबारमा घटेको बजारमा क्याण्डलहरु छोटाछोटा बन्दै गरेकोले बजार सम्हालिने प्रयासमा रहेको भन्न सकिन्छ । तर बजार फर्किहाल्छ भन्ने कुनै आधार भने देखिदैन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङगर ,म्याक्डी र आरएसआईको आधारमा  

विभिन्न अवधिमा बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा बजारमा बिक्री दबाब परेको प्रष्ट देखिन्छ । डेली बेसमा बजारलाई नियाल्दा अपर ब्याण्डबाट तल खसेको बजार अघिल्लो साता मध्य ब्याण्डबाट पनि तल खसेको छ । अब बजारले तल्लो ब्याण्डमा सपोर्ट लिन आउन सक्छ । त्यो भनेको बजार करिब बजार एक पल्ट २ हजारबाट खसेर १९८० आसपास आउन सक्छ भन्ने हो । 

जसलाई आरएसआईले पनि पुष्टि गर्दै गरेको देखिन्छ । आरएसआई हाल ४० को तहमा चलेको छ । घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तल पनि आउन सक्छ । म्याक्डीमार्फत नियाल्दा केही सयम पहिले बनेको वियरिस क्रसओभर हाल सम्म पनि भ्यालिड नै रहेको छ । हिस्टोग्राम नेगेटिभ र लामालामा हुँदै गएका छन् । समग्र तीन वटै इन्डिकेटरबाट नियाल्दा विगत तीन साता करेक्सन आएको बजारमा आगामी साता पनि यसले निरन्तरता पाउन सक्ने सम्भावना देखिन्छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२०८२

प्रतिरोध २ –२०६८

प्रतिरोध १– २०५१

पिभट प्वइन्टः २०२७

घटेमा सपोर्ट  

सपोर्ट १– १९९०

सपोर्ट २– १९७५

प्रतिरोध ३ –१९६०

निष्कर्षः अघिल्लो २ साता घटेको बजार यो साता पनि घट्यो ।  अघिल्लो साता करिव १३ अंकले घटेको बजार यो साता ३१.५९ अंकले घट्यो  । यो साताको ५ दिनको कारोबारमा नेप्से सूचक घट्यो भने कारोबार बढ्यो । अघिल्लो महिना अपर  ब्याण्ड छोएर तल खसकेको बजार  यो साता मध्य ब्याण्डबाट पनि तल खसेको छ । अब बजार तल्लो ब्याण्डमा सपोर्ट लिन आउन सक्छ । जसलाई आरएसआईले पनि पुष्टि गरेको देखिन्छ । हाल ४० को तहमा चलको यस्तो विन्दु घट्दो बजारमा ३० सम्म आउन सक्छ । प्राविधिक रुपमा हालसम्म बजारमा ट्रेन्ड रिभर्सलको कुनै संकेत देखिदैन ।  

आधाभूत रुपमा पनि आगामी साता पनि बजारमा खासै कुनै सुधार हुने देखिदैन ।  आगामी साता एक दिन सार्वजनिक बिदा परेकाले ४ दिन मात्रै कारोबार हुने छ । जसमा बजार साइडवेज नै चल्ने देखिन्छ ।  उपसमूहअन्तगर्त हेर्दा यो साता लघुवित्त र होटलमा सुधार आयो भने अन्य सबै उपसमूहमा रातो पोतियो । यो साता पनि बैंकिङ समूहमा दबाब कायम नै रह्यो । जसले बजारमा बिक्री दबाब आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.