Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सेयरबजारमा सलिकोको पौने ४० करोड लगानी, वाणिज्य बैंकहरुको स्टकमा मात्रै २४३% लगानी थप

Global IME Bank Limited
सेयरबजारमा सलिकोको पौने ४० करोड लगानी, वाणिज्य बैंकहरुको स्टकमा मात्रै २४३% लगानी थप
Nabil Bank Limited

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)को सेयरबजारमा लगानी ४९.९४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डको इकाईमा कुल ३९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ ।  

अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डको इकाईमा २६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको थियो ।  

आव २०७९÷८० मा कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर र लगानी कम्पनी गरी कुल ५२ वटा कम्पनीको सेयरमा ३३ करोड ६८ लाख ९९ हजार रुपैयाँ लगानी गरेको छ । यो लगानी आव २०७८÷७९ को तुलनामा ६०।५५ प्रतितशले बढी हो ।  

उक्त आवमा भने कम्पनीले २८ वटा कम्पनीको सेयरमा कुल २० करोड ९८ लाख ३७ हजार रुपैयाँ लगानी गरेको थियो ।  

गत आवमा कम्पनीले सर्वाधिक शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयरमा लगानी गरेको छ । कम्पनीले सो बैंकको सेयरमा मात्रै ५ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी कुल लगानीको १७ प्रतिशत रकम हो ।  

कम्पनीले शाईन रेसुङ्खा डेभलपमेन्ट बैंकको सेयरमा ४७।५३ प्रतिशत लगानी थपेको छ । आव २०७८÷७९ मा कम्पनीले उक्त बैंकको सेयरमा ३ करोड ८८ लाख रुपैयाँ लगानी गरेको थियो ।  

कुन समूहमा कति लगानी ?

सलिकोले गत आवमा ९ वटा वाणिज्य बैंकको सेयरमा कुल ६ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा २४३.७७ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले ७ वटा कमर्सियल बैंकको सेयरमा १ करोड ५९ लाख रुपैयाँ लगानी गरेको थियो ।  

त्यस्तै, कम्पनीले गत आवमा तीनवटा विकास बैंकको सेयरमा कुल ५ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा ४९।९५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले दुईवटा विकास बैंकको सेयरमा ३ करोड ८८ लाख रुपैयाँ लगानी गरेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यता कम्पनीले फाइनान्स कम्पनीहरुको सेयरमा लगानी समेत ७८.९८ प्रतिशतले बढाएको छ । आव २०७८÷७९ मा कम्पनीले ४ वटा वित्त कम्पनीका सेयरमा २ करोड ३८ लाख रुपैयाँ लगानी गरेकोमा गत आवमा ६ वटा फाइनान्सका सेयरमा ४ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ ।  

सलिकोले लघुवित्त वित्तीय संस्थाका सेयरमा भने लगानी घटाएको छ । अघिल्लो आवमा ६ वटा वित्तीय संस्थाका सेयरमा कुल ५ करोड ९५ लाख रुपैयाँ लगानी गरेकोमा गत आवमा ३.९९ प्रतिशतले लगानी घटाएर ५ करोड ७१ लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।  

बीमा समूहतर्फ भने कम्पनीले गत आवमा जम्मा चारवटा जीवन बीमा कम्पनीको सेयरमा मात्रै लगानी गरेको छ । गत आवमा कम्पनीले नेपाल लाइफसहित ४ जीवन बीमा कम्पनीको सेयरमा कुल १ करोड ५२ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा १९५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले दुईवटा जीवन बीमा कम्पनीको सेयरमा मात्रै ५१ लाख ६८ हजार रुपैयाँ लगानी गरेको थियो ।

संख्याका आधारमा कम्पनीले सर्वाधिक हाइड्रोपावर कम्पनीका सेयरमा लगानी गरेको छ । गत आवमा १६ वटा हाइड्रो कम्पनीका सेयरमा ५ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा ११६.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले तीनवटा हाइड्रो कम्पनीका सेयरमा २ करोड ७० लाख रुपैयाँ लगानी गरेको थियो ।  

कम्पनीले लगानी समूहअन्तर्गत तीनवटा कम्पनीको सेयरमा २ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी पनि अघिल्लो आवको तुलनामा १७.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले लगानी समूहका कम्पनीहरुमा १ करोड ७९ लााख रुपैयाँ लगानी गरेको थियो ।    

म्युचुअल फण्डको इकाईमा ६ करोड लगानी  

कम्पनीले गत आवमा कुल १६ वटा म्युचुअल फण्डको इकाईमा ६ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो आवको तुलनामा ९.८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १३ वटा फण्डको इकाईमा ५ करोड ५५ लाख रुपैयाँ लगानी गरेको थियो ।  

कम्पनीले सर्वाधिक सानिमा इक्विटी फण्डको इकाईमा लगानी गरेको छ । उक्त फण्डमा मात्रै सलिकोले १ करोड १९ लाख रुपैयाँ लगानी गरेको छ । जुन यो फण्डहरुको इकाईमा मात्रै गरेको कुल लगानीको १९.५४ प्रतिशत रकम हो ।  

अघिल्लो आवमा कम्पनीले सानिमा इक्विटी फण्डको इकाईमा कुल १ करोड २८ लाख रुपैयाँ लगानी गरेको थियो । 

 

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.