काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट उम्मेदवार रहेका लामिछानेले चुनावी खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् ।
विवरणअनुसार उनले कुल ९ लाख ८९ लाख ९८७ रुपैयाँ खर्च गरेका छन् । जसमा सबैभन्दा बढी यातायात तथा इन्धनमा खर्च गरेका छन् । यस्तो शिर्षकमा उनले २ लाख ९५ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै, खाद्यान्न तथा रासनमा १ लाख ९६ हजार, गोष्ठी तथा भेलाका लागि १ लाख ८० हजार, मनोनयन दर्तामा १० हजार, नमुना मतपत्र सामाग्री छपाईमा ६८ हजार १८१, मतदाता प्रशिक्षण खाजामा १४ हजार २०० रुपैयाँ खर्च गरेका छन् ।
यसका साथै हवाई खर्च १३ हजार ६२६ रुपैयाँ, प्रचारप्रसार सामाग्री खरिद (ब्यानर र स्टिकर)मा ५५ हजार, प्रचारप्रसार सामाग्री (झण्डा र ब्याच)मा १ लाख १२ हजार र वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको उल्लेख गरेका छन् ।

