काठमाण्डौ, नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। उनको स्थानमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कमलादेवी पन्तलाई मनोनीत गरेका छन्।
कांग्रेस संसदीय दलको कार्यालयका अनुसार, संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम पन्तलाई राष्ट्रियसभा संसदीय दलको नेतामा नियुक्त गरिएको हो।
यस निर्णयसँगै सिटौलाको स्थानमा पन्तलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, आङ्देम्बेले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनीत गरेका छन्।
सिटौला विशेष महाधिवेशनको विरोधमा रहँदै आएका थिए र उनले हालसम्म गगन थापालाई सभापति स्वीकार गरेका छैनन्।
आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने क्रममा नै सिटौलालाई हटाउने सहमति भएको बताइएको छ।

