काठमाण्डौ । प्रतिनिधिसभाको बैठक मन्त्रीहरूको उपस्थिति सुनिश्चित भएपछि पुनः सञ्चालनमा आएको छ ।
बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अडान लिएपछि केही समयका लागि बैठक अवरुद्ध भएको थियो ।
त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
संसद् पुनः शुरु हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, नवप्रवर्तन तथा विज्ञानमन्त्री महावीर पुन र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भएका छन् ।
यसअघि आठ वटा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल भइरहँदा केवल केही मन्त्रीहरूको मात्र उपस्थिति देखिएपछि एमाले सांसद राजेन्द्र राईले आपत्ति जनाउँदै विरोध जनाएका थिए ।
उनले मन्त्रालयगत छलफल जस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरूको अनिवार्य उपस्थिति हुनुपर्ने बताएका थिए ।
विवादपछि सभामुखले मन्त्रीहरू क्रमशः उपस्थित हुँदै गरेको जानकारी दिँदै बैठक सञ्चालन अघि बढाएका हुन् ।
त्यसपछि संसद् कार्यसूचीअनुसार बजेटमाथिको छलफल पुनः शुरु भएको छ ।

