सोमबार, श्रावण ११,२०८३ 11:30:38
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 11:30:38
Bizshala
Global IME Bank Limited

घुस रकम ‘कन्भर्ट’ गरेर जग्गा किनेको आरोप, सहसचिव अधिकारीविरुद्ध मुद्दा

घुस रकम ‘कन्भर्ट’ गरेर जग्गा किनेको आरोप, सहसचिव अधिकारीविरुद्ध मुद्दा
New Office

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) गरेको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक तथा सहसचिव झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार राजस्व चुहावटसम्बन्धी छानबिन तथा कारबाहीमा सहजीकरण गरिदिने भन्दै अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको आरोप छ। उक्त रकमको स्वरूप परिवर्तन गरी जग्गा खरिद तथा एक रिसोर्टको कर्जा भुक्तानीमा समेत प्रयोग गरिएको आयोगले जनाएको छ।

यस प्रकरणमा सहसचिव अधिकारीसहित तीन जनालाई प्रतिवादी बनाउँदै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो ७० लाख रुपैयाँ कायम गरी कैद तथा जरिवानाको मागदाबी गरेको छ।

त्यसैगरी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) निवारण ऐन, २०६४ अन्तर्गत समेत थप कारबाहीको माग गरिएको अख्तियारले जनाएको छ।

उक्त मुद्दाको आरोपपत्र विशेष अदालतमा दर्ता भइसकेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.