मंगलवार, असार १६,२०८३ 10:24:37
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:24:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा लामो समयसम्म कार्यरत ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकद्वारा लामो समयसम्म कार्यरत ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान

काठमाण्डौ । १९ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ ।  

चैत्र १ गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले उन्नाइसौँ वर्ष पुरा गरी बीसऔ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।  

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४८ जना र १५ वर्ष सेवा प्रवाह गरेका १४ जना गरि जम्मा ६२ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरेका हुन् ।  बैंकमा हाल १७ सय ६४ कर्मचारीहरु कार्यरत रहेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो तर्फबाट सत प्रतिशत योगदानगरी बैंकलाई नयाँ उचाईमा पुर्याउन आग्रह गर्दै कर्मचारीलाई जिम्मेवार, लगनशिल र प्रतिबद्ध भई आफ्नो काम तथा कर्तव्य पूरा गर्न आग्रह गरे । हालसम्म ३५६ जना कर्मचारीहरुले १० वर्ष कर्मचारी सम्मान पदक २९० जनाले र १५ वर्ष कर्मचारी सम्मान पदक ६६ जनाले प्राप्त गरेका छन् ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ९७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.