मंगलवार, असार १६,२०८३ 08:15:53
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:15:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–इरान युद्धका कारण भारतीय सेयरबजारमा उच्च गिरावट

Laxmi Sunrise Bank Limited
अमेरिका–इरान युद्धका कारण भारतीय सेयरबजारमा उच्च गिरावट

काठमाण्डौ । अमेरिका–इरान युद्धका कारण भारतको सेयरबजारमा यसको प्रभाव देखिन थालेको छ ।  

भारतीय सञ्चारमाध्यमहरुका अनुसार इरान युद्धका कारण तेलको मूल्य उच्च बृद्धिले सेयरबजारमा पनि यसको असर देखिन थालेको हो । यो युद्ध सुरु भएदेखि बम्बे स्टक एक्सचेञ्ज (बीएसई) र नेशनल स्टक एक्सचेञ्ज (एनएसई) निफ्टि ५० मा करिब ७ प्रतिशतको गिरावट आएको छ ।  

यदि यो युद्ध अन्त्य नभई कच्चा तेलको मूल्य करिब १०० डलर वरिपरि पुग्यो भने यसले भारतको सेयरबजारमा उच्च प्रभाव पार्ने एमके ग्लोबलले चेतावनी दिएको छ ।

New Office
CG Motors
Garima Development Bank

करिब ३–४ महिनासम्म कच्चा तेलको मूल्य वृद्धि भई १०० डलर वा सो भन्दा बढी पुग्यो भने निफ्टिी ५० इन्डेक्स १० प्रतिशतले घटेर २१ हजार अंकसम्म झर्न सक्ने दाबी गरिएको छ । हाल निफ्टिी ५० इन्डेक्स २३ हजार ४३० आसपासको विन्दुमा रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिका–इरान युद्धले विश्वका अधिकांश देशहरुमा असर पारेको छ । विशेषगरी कच्चा तेलको मूल्य वृद्धि र अभावले गर्दा एसियाली देशहरुमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ । नेपालमा पनि अमेरिका–इरान युद्धका कारण तेल आपूर्तिमा समस्या देखिई खाना पकाउने ग्यासको हाहाकार मच्चिन थालेको छ ।  

साथै नेपाल आयल निगमले पनि केही दिनअघि मात्रै उच्च अभाव कारण देखाई पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । भारतमा जस्तै नेपालमा पनि अमेरिका–इरान युद्धका कारण सेयरबजारमा विस्तारै प्रभाव पार्ने सम्भावना बढ्न थालेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.