सोमबार, श्रावण ११,२०८३ 11:30:37
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 11:30:37
Bizshala
Global IME Bank Limited

निक्षेप तथा कर्जा सुरक्षण कोषको कृषि कर्जा सुरक्षण सम्बन्धि कार्यशाला सम्पन्न

निक्षेप तथा कर्जा सुरक्षण कोषको कृषि कर्जा सुरक्षण सम्बन्धि कार्यशाला सम्पन्न
New Office

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा आज सुर्खेतको विरेन्द्रनगरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालामा कोष, यूएनडीपी तथा कर्णाली, सुदुरपश्चिम र बाग्मती प्रदेशका नौ स्थानीय तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  

निक्षेप तथा कर्जा सुरक्षण कोष, यूनडीपी तथा छानिएका नौ वटा स्थानीय तहहरुको संयुक्त योगदानमा छुट्टै कोष खडा गरी कृषिसंग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी गर्न र आम जनताको कर्जामा पहुँच अभिवृद्धि गर्न एकल कर्जा सुरक्षण कार्यक्रम सुरुवात गर्न नमुना परियोजना लागू गर्ने कार्य प्रक्रियामा रहेको छ ।  

यसै सन्दर्भमा परियोजनाका लागि छनोट भएका नौ  स्थानीय तहहरुको पृष्ठपोषणका लागि यस कार्यशाला आयोजना गरिएको हो ।  

यस नमुना कार्यक्रमका लागि कर्णाली प्रदेशबाट जुम्लाका चन्दननाथ, पातारासी र तातोपानी गरी तीन वटा तथा सुर्खेतको बीरेन्द्रनगर गरी कुल ४ स्थानीय तह, सुदुरपश्चिमका बाजुराका बुढीगंगा, बुढीनन्दा र त्रिवेणी गरी ३ तथा कैलालीको धनगढी गरी कुल ४ स्थानीय तह र बाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका छनोट भएका थिए ।  

छानिएका स्थानीय तहबाट सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुले परियोजनाको सम्बन्धमा विविध जिज्ञाशा तथा सुझाव प्रस्तुत गरेका थिए । परियोजनाको मस्यौदा उपर प्राप्त सुझावहरुको थप छलफल गरी ग्रहणयोग्य सुझावहरु अनुसरण गरी स्किमलाई अन्तिम रुप दिइने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.