काठमाण्डौ । चीनले कृषि मल निर्यातमा कटौती गर्न थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले आफ्नो घरेलु बजार सुरक्षा गर्न नाइट्रोजन–पोटासियम र केही फस्फेट मलको निर्यातमा कटौती गर्न थालेको हो ।
अमेरिका–इजराय र इरान युद्धका कारण पहिलै नै अभाव झेलिरहेको विश्वव्यापी बजारमा थप दबाब सिर्जना गर्ने देखिएको छ ।
चीनको यस्तो प्रतिबन्धले विश्वव्यापी मल बजारमा अभाव थपिएको छ र गत वर्ष वर्ष निर्यात गरेको कुल मलको भन्दा आधादेखि तीन–चौथाई भाग नै प्रतिबन्ध लगाइएको स्रोतले जनाएको छ । स्रोतका अनुसार यो करिब ४ करोड मेट्रिक टलसम्म हुन सक्नेछ ।
चीन विश्वका सबैभन्दा ठूला मल निर्यातकहरूमध्ये एक हो– जसले गत वर्ष १३ अर्ब डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो ।

